०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – नेपाल वायुसेवा निगमले आजदेखि भारतको नयाँ दिल्ली उडान भर्दैछ। कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि आजदेखि सञ्चालनमा ल्याउन लागिएको हो।

काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ। निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।

निगमले उडानका लागि सबै आवश्यक प्रक्रिया पुरा गरिसकेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनकाअनुसार अहिलेका लागि प्रतिदिन एउटा उडान हुने गरी तयारी भएको छ। करिब आठ जना बिजनेस क्लास र १ सय ३८ जना इकोनोमिक क्लासको यात्रु लिएर उक्त विमानले काठमाडौंबाट दिल्लीका लागि उडान भर्नेछ।

त्यहि जहाजले दिल्लीबाट करिब चार जना बिजनेस क्लास र १ सय ४ जना इकोनोमिक क्लासको यात्रु बोकेर काठमाडौं फर्किनेछ। कोरोना महामारीका कारण अवरुद्ध भएको विमान आवागमन द्धिपक्षीय समझदारी अनुसार दुई मुलुकबीचको उडान प्रतिवन्ध फुकुवा गर्दै अन्र्तराष्ट्रिय उडानका लागि गत साता भारतले सहमति जनाएको थियो।

कोरोना महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]