०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै रहेका कर्मचारीहरू अटेरी रहेको पाइएको छ । सिंहदरबारमा कार्यरतमध्ये निर्धारित पोसाक नलगाई आएका ४ सय ७५ जना कर्मचारी कारबाहीमा परेका छन् ।

बुधबार राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने तीनवटा गेटमा एकैपटक छड्के अनुगमन र निरीक्षण गर्दा ४ सय ७५ जना कर्मचारी सरकारले तोकेको पोसाक नलगाई आएको पाइएको थियो । सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले ड्रेस कोडको उल्लंघन गर्ने ४ सय ७५ जना कर्मचारीलाई कारबाही गरिएको जानकारी दिए । यसरी कारबाहीमा पर्नेहरूमा कार्यालय सहयोगीदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन् ।सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा पहिलोपटक गरेको अनुगमनका क्रममा निर्धारित पोसाक नलगाई आउने कर्मचारीलाई सचेत पारिएको जानकारी दिएको छ । दोस्रो चरणमा हुने अनुगमनमा पनि निर्धारित पोसाकबिना नै कर्मचारी आएको पाइएमा निजामती सेवा ऐन र नियमावलीमा उल्लेख भएको नियमअनुसार कारबाही गरिने केन्द्रले जनाएको छ । ७३६ जनामा कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु केही दिनअघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सतर्कता केन्द्रलाई पत्र लेख्दै कर्मचारी कार्यालयमा नियमित आए नआएको तथा ड्रेस कोडको पालना भए नभएको बारेमा नियमित अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको थियो ।

सोहीअनुसार केन्द्रले बुधबारदेखि अनुगमन थालेको हो । केन्द्रले कर्मचारीहरूको समय पालनाबारे समेत नियमित रूपमा अनुगमन गर्ने गरी योजना बनाइएको जानकारी दिएको छ । कर्मचारीहरू कार्यालय समयमा सरकारीभन्दा आफ्नै व्यक्तिगत काममा व्यस्त हुन थालेपछि केन्द्रले उनीहरूलाई जिम्मेवार बनाउन अनुगमन नियमित गर्ने तयारी गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]