०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०२, २०७७

सप्तरी – भारतीय सवारी उत्पादन कम्पनी महिन्द्राले विद्युतीय कार परिक्षण सक्नेवित्तिकै नेपालमा पनि बिक्री शुरु गर्ने भएको छ ।

हाल सबै किसिमको परिक्षण सकेर विक्री तयारीमा रहेको विद्युतीय कार केयूभी – १०० भारतसँगै नेपालमा पनि ल्याउने तयारी भइरहेको हो । नेपालमा महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनर्जीका अनुसार नयाँ इलेक्ट्रीक केयूभी–१०० भारतमा सार्वजनिक भएको केहि दिनमा नै नेपालमा सार्वजनिक हुने छ ।कोभिड संक्रमणको कारण कम्पनीले यसको विक्री सुरु गर्ने मिति सार्दै आएको भएपनि आउने जनवरीदेखि बिक्रीको अन्तिम तयारी गरेको छ । ४० किलोवाटको नयाँ मोटर दिइएको यो कारको लम्बाई ३७०० एमएम, चौडाई १७३५ एमएम र उचाई १६५५ एमएम रहेको छ भने ह्वीलवेस २३८५ एमएम रहेको छ ।गाडीमा प्रयोग भएको लिथियम आयोन व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ । ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरिएको इकेयूभी–१०० ले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेञ्ज दिने जनाइएको छ ।

निकै प्रतिक्षित कारको रुपमा रहेको महिन्द्रा इकेयूभी–१०० करिब ३५ देखि ४० लाख रुपैयाँसम्ममा नेपालमा बिक्री हुने अनुमान कम्पनीको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]