सप्तरी – फिल्म ‘अनुराग’ बाट अभिनेत्रीको रुपमा आफ्नो परिचय बनाएकी एलिजा गौतमले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनबाट दुर्गम र विकटका गरिब, असहायहरुका लागि घर निर्माण गर्ने भएकी छन् । बुधवार फेसबुकमा एक स्टाटस लेख्दै उनले यसबारेमा जानकारी गराएकी छन ।
उनले लेखेकी छन्, ‘देशका ७७ जिल्लाका विभिन्न दुर्गक तथा बिकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा १०/१० वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पबित्र कार्यमा सबैको साथ, सहयोगर हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । योसंगै उनले पहिलो चरणको काम धादिङबाट सुरु गर्ने कुरा पनि जानकारी गराएकी छन । एलिजाले गएको असारमा सिन्धुपाल्चोक बाह्रविसेस्थित नापुजे, भीरखर्क र नेवाल टोलमा बाढी पहिरोका कारण प्रभावितहरुलाई लत्ता कपडा र खाद्यन्न सहयोग गरेकी थिइन् ।
उनले विभिन्न समयमा आर्थिक अभावले समस्यामा रहेकाहरुलाई पनि उनले लकडाउन आफ्नो लागि सुनौलो अवसर बनेर आएको बताउने गरेकी छन् । पहिलो फिल्म बनाउन आफूले हतार गरेको स्वीकार गर्ने उनी अब केही समय बाहिरी ब्यानरका फिल्ममा काम गर्ने सोचमा छिन् ।