सप्तरी,
ईलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी बिसनपुरको असई नन्द लाल बैठा नेतृतका टोलिले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले खडक नगरपालिकाका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ ।
खडक वडा नम्बर ८ का विभिन्न स्थानमा लक्डाउनका समयमा पनि मदिराको कारोवार बढ्दै जानथालेपछि प्रहरीले कडाइ गर्न थालेको छ ।भादिया ,धोल्बज्ज़ामा घरेलु मदिरा सेवन गरी होहल्ला गरेको भन्ने खबरका आधारमा प्रहरी टोलि पुगेको थियो ।
खडक नगरपालिकाका भादिया ,धोल्बज्ज़ा ,खेसराहा गरि विभिन्न स्थान बाट ३१ लिटर गरेलु मदिरा सहित २५ सय लिटर कच्चा पदार्थ समेत नस्ट गरेका छन् ।