सप्तरी – बलिउडका चर्चित कोरियोग्राफर रेमो डिसुजालाई अचानक हृदयघात भएपछि सबैलाई यो खबरले हैरान पारेको थियो ।
अहिले रेमो ठिक भएर घर फर्किएका छन् । घरमा उनको भव्य तरिकाले स्वागत गरिएको छ ।
रेमोले आफैं इन्स्टाग्राममा आफू ठिक भएको जानकारी दिएका छन् । एक भिडियो शेयर गरेका छन् । भिडियोमा उनको स्वागत गरिएको देख्न सकिन्छ । उनले भने, ‘यति धेरै मायाँ, प्रार्थना र आर्शीवादका लागि धन्यवाद म घर फर्किएको छु’, पोस्टमा उनले लेखेका छन् ।
अन्य शेलिब्रेटीले पनि उनलाई स्वस्थ भएर घर फर्किएको बधाइ दिएका छन् ।