०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

चिसोका कारण कठ्याङ्ग्रिने क्षेत्रका बासिन्दालाई न्यानो कपडा वितरण गर्न गरीब घर परिवारको पहिचान र विवरण लिने कार्य सम्पन्न गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका गरिब जनतालाई चिसोबाट जोगाउने सरकारको नीति कार्यान्वयन गर्दै रातको समयमा ओढ्ने न्यानो कपडा कम्बल वितरण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट विवरण सङ्कलन गराउने काम सम्पन्न गरेको हो ।उत्तरी रसुवामा निकै चिसोपन बढेको र फाट्टफुट्ट वर्षा हुँदासाथ हिमपात हुने सम्भावनालाई मध्यनजर राख्दै जुन स्थानीयवासीले खरिद गर्न सक्दै त्यस्ता गरिब परिवारलाई दिनको समयमा आगो ताप्न लाङटाङ राष्ट्रिय निकुञ्ज एवं जिल्ला वन कार्यालय रसुवामार्फत दाउरा उपलब्ध गराउने व्यवस्था मिलाइ सकिएको छ ।रातको समयमा सुत्न आवश्यक पर्ने तातोलुगा र कम्बल वितरणका लागि पूर्वतयारीको विवरण सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।स्थानीय तहमार्फत सङ्कलन गरिएको विवरणमा ६३३ को नामावली प्राप्त भएकाले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट प्राप्त नामावली यकिन गर्ने कामसमेत अगाडि बढाई न्यानो कपडा र कम्बल खरिदको रकम निकासा गर्न गृहमन्त्रालयमा अनुरोधपत्रसमेत पठाइ सकिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

पुस महिनाको प्रारम्भसँगै समुद्री सतहदेखि एक हजार ८०० मिटरभन्दा माथिका भागमा पानी जम्न थालिसकेको कारण स्थानीयवासीले घरआँगनमा आगो बालेर ताप्न थालिसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]