विगत दुई महिनादेखि सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नहुदा देनिक अति आवस्यक कामकाज प्रभावित भएको छ ।
गत असार ३१ गतेदेखि सप्तरीको छिन्नमस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा कार्यालयमा उपस्थित नहुदा हजारौं सेवाग्राहीहरुकाे कामकाज प्रभावित भएको जनगुनासाे स्थानीय सेवाग्राहीहरुकाे रहेकाे छ । विगत दुई महिनादेखि गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा दैनिक अति अावश्यक कामकाज प्रभावित भइरहेकाे नेकपाका नेता बिनाेद यादवकाे गुनासाे रहेकाे छ ।
गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुदा व्यवसायि दर्ता ,क्यान्सर पिडितकाे सिफारिस लगायतका अति अावश्यक कामकाज प्रभावित भइरहेकाे जनगुनासाे नेता यादवले गरेका छन । त्यस्तै गाउपालिकामा हाल सम्ममा हरहिसाव सार्वजनिक नहुदा अझै गाउँ सभा समेत हुन सकेन स्थानियबासिहरुकाे भनाइ रहेकाे छ । यता गाउपालिकामा अधिकृत नहुदा .निमित प्रमुख प्रशासकिय अधिकृत महेश कुमार शर्माकै भरमा सन्चालनमा रहेपनि अति अावश्यक कामकाज हुन नसकेकाे गुनासाे गरेका छन ।
यसेबिच विगतमा गरिएको निर्णयहरु कार्यन्वयन नभएको भन्दै नेकपा संघर्स समितिले अाज छिन्नमस्ता गाउपालिकामा ज्ञापनपत्र बुझाउने निर्णय गरेपनि अधिकृत नहुदा साे कार्य प्रभावित भएको संघर्ष समितिका जय प्रकाश यादवले गुनासाे गरेका छन ।संघर्ष समितिले यश गाउपालिकामा काेभिड १९ काेराेना भाइरसकाे नाममा के कति खर्च भएको छ साथै अन्य विभिन्न १४ बुदे मागसहित अाज ज्ञापनपत्र बुझाउने कार्यक्रम राखिएको तर अधिकृत नहुदा ज्ञापनपत्र नबुझाएको संघर्ष समितिले जनाएको छ । यदि अाफुहरुकाे जायजमाग सम्बाेधन नभएको खण्डमा कडा अान्दोलन गर्ने चेतावनि संघर्ष समितिले दिएका छन ।