१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, पौष ०४, २०७७

सप्तरी – स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी संक्रमित भएको पुष्टि भएको हो । उनले आफू भाइरसबाट संक्रमित भएको शुक्रबार जानकारी दिएका छन् ।

सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी भएका थिए । उनलाई केही दिनअगाडि नै संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि ‘सेल्फ आइसोलेसन’मा बसेका थिए ।कोरोना संक्रमण पुष्टि भएको ल्याबको कागजको फोटोसमेत उनले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । ‘म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस् भन्ने चाहन्थेँ । तर, अहिले मेरो योजना र चाहना पूरा हुन कठिन हुने देखिएको छ,’’ ४७ वर्षीय प्रधानमन्त्री माटोभिकले लेखेका छन् ।सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट संक्रमित भएको एएफपीलाई जनाएको छ संक्रमित भएसँगै उनले धेरै कार्यक्रमहरु स्थगित गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरुलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन् ।यही सिलसिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षामन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफूहरुसमेत संक्रमित भएको जानकारी दिएका छन् ।कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी संक्रमित भएका छन् भने तीमध्ये झण्डै चार हजारजना बुधबारमात्रै थपिएका हुन् ।

स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]