०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २१, २०७७

सप्तरी- नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ। गत २४ घण्टामा ९ सय ८० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ सय ९० महिला र ६ सय ९० पुरुष गरी कुल ९ सय ८० जनामा कोरोना भेटिएको हो।

प्रदेश १ को उदयपुर ताप्लेजुङ, भोजपुर र ओखलढुंगामा १÷१, झापामा २८, मोरङमा २९, संखुवासभामा ६ र सुनसरीमा ८६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा १०, पर्सामा २५, बारामा ७३, महोत्तरीमा ३, रौतहटमा ८, सप्तरीमा ११, सर्लाहीमा ५ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ९० जनामा कोरोना भेटिएको छ। काभ्रेमा १, चितवनमा ३०, दोलखामा ७, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

यस्तै, गण्डकी प्रदेशको कास्कीका २१, गोरखाका ५, तनहुँमा ७, नवलपरासी पूर्वमा १२, लमजुङमा २, वागलुङमा ३ र स्याङजामा २२ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा प्रदेश ५ को अर्घाखाँचीमा ११, कपिलवस्तुमा ४, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १९, प्युठान ४, बर्दिया ६, बाँकेमा ६ र रुपन्देहीमा ३५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्लामा ५, दैलेखमा २ र सुर्खेतमा ४४, सुदूरपश्चिम प्रदेशको अछाममा ११, कञ्चनपुरमा ३, कैलालीमा २१, डडेल्धुरामा २ र बझाङमा १० जनामा कोरोना भेटिएको छ।

कुल संक्रमितमध्ये १७ हजार २७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ३ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ७ लाख ६८ हजार ३ सय ४५ पुगेको छ। देशभर हाल ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]