सप्तरी – उखु किसानको बक्यौता रकम भुक्तानिको प्रक्रिया थालेको अन्नपूर्ण सुगरमिलले जनाएको छ।
अन्नपूर्ण सुगरमिलले विज्ञप्ति जारी गरेर आइतबारदेखि नै लागु हुने गरी उखु किसानलाई भुक्तानिको प्रक्रिया थालेको जनाएको हो।पछिल्लो एक वर्षको अवधिमा किसानलाई १८ करोड रुपैयाँ भुक्तानि गरिएको र अहिलेसम्म जम्मा भएको रकम पनि आइतबारदेखि दैनिक एक करोडका दरले किसानको खातामा पठाउने भुक्तानि सूचि तयार भएको मिलले जनाएको छ ।अन्नपूर्ण तथा इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालले विज्ञप्ति जारी गरेर जति सक्दो चाँडो किसानलाई भुक्तानि दिइने बताएका छन् ।
मिलबाट पाउनु पर्ने रकमको माग गर्दै सर्लाहीका उखु किसान गएको एक हप्तादेखि काठमाडौँमा आन्दोलित छन्।