०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

अफगानिस्तानको पूर्वी प्रान्त घान्जीमा शनिबार भएको शक्तिशाली विष्फोटमा परी १५ बालबालिकाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार प्रहरी र अधिकारीहरुले दिएको जानकारीअनुसार उक्त घटनामा परी थप २० जना घाइते भएका छन् । गिलान जिल्लामा भएको यो विष्फोटको कारण भने स्पष्ट भइसकेको छैन तर अधिकारीहरुले भने रिक्सापछाडि राखिएको बम विष्फोट भएको अधिकारीहरुले बताएका छन् । पछिल्लो केही समययता अफगानिस्तानमा निरन्तर हिंसात्मक घटनाहरु बढिरहेका छन् ।शनिबार मोटरबाट चल्ने रिक्सामा केही सामग्री बोकेर एक व्यक्ति गिलान जिल्लाको एक गाउँमा गएका थिए । उनले आफ्नो सामग्रीहरु बेच्न थालेसँगै बालबालिकाहरु उनको वरिपरि झुम्मिएका थिए । सोही क्रममा भएको विष्फोटमा परी बालबालिकाहरुको मृत्यु भएको हो । तालिबानले पनि यो योजनाबद्ध घटना नभएको बताएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार अफगानिस्तान प्रहरी प्रवक्ताले यो घटना तालिबानले गराएको आरोप लगाएका छन् । अफगानिस्तान र तालिबानबीच शान्ति वार्ता जारी रहेको भए पनि अफगानिस्तानमा हिंसात्मक घटनाहरु भने रोकिएका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]