०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना महामारीको केही समय छोरी मालिया एनको प्रेमी आफ्नै घरमा बसेको बताएका छन्।

द बिल सिमोन्स पोडकास्टमा ओबामाले छोरीको ब्वाइफ्रेन्ड रोरी फर्कुहर्सनले धेरै खाने गरेको पनि बताए।रोरीका कारण घर खर्च ३० प्रतिशतले बढेको ओबामाको भनाइ छ।ओबामा रोरीको बारेमा भन्छन्,‘भिसाको विषयमा केही कुराहरु थिए। उनको जागिर थियो। त्यसैले हामीले उनलाई हामीसँग राख्यौं। म उनलाई मन पराउन चाहन्न थिए, तर उ राम्रो बच्चा हो।’ओबामाले छोरी मालिया र रोरीले राम्रो पलहरु बिताएको पनि बताए। ओबामाले उनीहरुलाई कार्ड गेमहरु खेल्न सिकाएका थिए।खानेकुराको सन्दर्भमा छोरी र रोरी फरक थिए। ओबामाका अनुसार रोरीले खाएको देखेर उनी दंग परेका थिए।रोरीले अधिक खाएकै कारण आफ्नो घर खर्च ३० प्रतिशतले बढेको ओबामाको भनाइ छ।

न्युयोर्क टाइम्सका अनुसार रोरी बेलायतका नागरिक हुन्। रोरी र मालियाले सन् २०१७ मा हाभार्ड विश्वविद्यालयमा अध्ययनका क्रममा एकअर्कालाई चिनेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]