मुलुकले विगत ११ वर्षदेखि विभिन्न प्राकृतिक प्रकोपसँगै चुनौतीहरूको सामना गर्नुप¥यो । २०७२ साल वैशाख १२ र २९ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर आएको महाविनाशकारी भूकम्पका कारण हजारौं मानिसले ज्यान गुमाएको तथ्याङ्क छ भने लाखौं मानिस विस्थापित भएका छन् । अझैसम्म पनि भन्नुपर्दा त्यो भूकम्पको चोट सबै नेपालीको मन–मस्तिष्कमा ताजै छ । भूकम्पमा भएको क्षतिको विवरण कति त सार्वजनिक भएकै छैनन् ।
अधिकांश मानिसको घर पुनर्निर्माण भएका छैनन् । भूकम्पले क्षति गरेका धेरै धार्मिक तथा ऐतिहासिक सम्पदाको कति पुनर्निर्माण भएका छन् त कति निर्माण हुन बाँकी छ । यो त कुरा आयो, प्राकृतिक प्रकोप भूकम्पको । त्यस्तै गरी हाम्रो मुलुक नेपाल जैविक विविधता र प्राकृतिक स्रोतसाधनले भरिपूर्ण देश हो ।
अटुट मात्रामा बग्ने यहाँका खोलानाला, तालतलैयालगायत धेरै जाति–प्रजातिका जीवजन्तु, चराचुरुङ्गी र प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा मनोरम गन्तव्य स्थान हो मुलुक । यहाँ मौसमअनुसार हुने जलवायु परिवर्तनले मुलुकमा बर्सेनि धेरै मानिसको जनधनको क्षति गरेको हुन्छ । समग्रमा भन्नुपर्दा यहाँ बर्सेनि बर्खाको समयमा बाढीपहिरोलगायत प्राकृतिक वितण्डाले विशेष गरी पहाडी तथा तराई भागमा धेरै जनधनको क्षति गरेको प्रत्यक्ष वा विभिन्न सञ्चार माध्यममा हेर्ने, सुन्ने गरेको पाइन्छ । यस्तो विपद् मुलुकमा आइपर्छ भनेर सरकारले आममानिसलाई पूर्वजानकारी गराए पनि यसको रोकथामको विषयमा भने निकै कम मात्रमा उपलब्धि हासिल भएको देखिन्छ ।
हुन त प्राकृतिक प्रकोप कतिबेला के हुन्छ, भगवान् भरोसा । गत वर्षमात्र सिन्धुपाल्चोकमा गएको पहिरो, पृथ्वी राजमार्गको ठाउँठाउँमा गएको पहिरो, म्याग्दीमा गएको पहिरो र सप्तकोसी नदीले डुबानमा पारेका तराईका विभिन्न जिल्लाहरू नारायणी नदीको बाढीले कटान गरेका क्षेत्रहरू आदि त केही उदाहरण मात्र हुन् । यस्ता प्राकृतिक विषम घटनाहरू त यकिन नै छैन ।
बर्सेनि यस्ता विपद्हरू आइरहन्छन्, तर सुरक्षाको नीति भने सरकारले आममानिसहरूलाई अवलम्बन गर्नैपर्छ । यसमा सरकारको प्रमुख भूमिका रहेको छ भने उत्तिकै चुनौती पनि थपिएको छ । प्राकृतिक प्रकोपहरूको रोकथामका लागि अगावै रोकथामका उपायहरू समयमा नै अवलम्बन गरी जोखिमको न्यूनीकरण गर्न सके बर्सेनि हुने प्राकृतिक प्रकोपबाट बच्न सकिन्छ । तर, मुलुक भौगोलिक अवस्थाले गर्दा धेरै ठाउँमा जोखिम उत्तिकै रहेको हुँदा त्यस्तो ठाउँमा रहेका मानव बस्तीहरूलाई समयमा नै उचित व्यवस्थापन गर्न सके सम्भावित जोखिमलाई समेत न्यूनीकरण गर्न मद्दत पुग्ने देखिन्छ ।
विगतको पाठलाई सम्झेर जोखिम भएका ठाउँहरूमा उचित बासस्थान तथा उचित राहत योजनाअनुरूप गृहकार्य गर्दै जानुपर्ने देखिन्छ भने उचित प्रबन्ध गर्नुपर्छ । तर, यसको मुख्य कारण जलवायु परिवर्तन पनि रहेका अहिले मुलुकमा जाडो सिजन सुरु भइसकेको छ ।
तराईतिर शीतलहर सुरु भइसकेको छ भने सबैतिर जाडो भइसकेको छ । बर्सेनि शीतलहरबाट मानिसहरूको मृत्यु हुने भएकाले पनि यस विषयमा सरकार तथा आममानिसहरूले जनताको जीवन रक्षाका लागि भए पनि कुनै ठोस कदम चाल्नुपर्ने देखिन्छ ।
तातो–न्यानोको व्यवस्था गर्न स्थानीय सरकारले केन्द« सरकारको सहयोगमा स्थानीयवासीहरूलाई जाडोको समयमा तातो–न्यानोको व्यवस्थातिर एकजुट हुनुपर्ने देखिन्छ । यसमा आमनेपाली जनता सुरक्षा निकाय नेपाल सरकारलगायत सबै जनाले यस प्रकोपबाट हुने संकटको व्यवस्थापनमा एकजुट हुनु जरुरी देखिन्छ भने यो प्रकोपको व्यवस्थापनका लागि थप चुनौती देखिएको छ ।