प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकटका सांसदहरूसँग छलफल गर्दैछन्।
सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकटका सांसदहरूसँग छलफल गर्दैछन्।
बिहान ९ बजे बालुवाटारमा छलफल तय गरिएकाे छ।
संसद् विघटन भइसकेपछि छलफलका लागि प्रधानमन्त्रीले सांसदहरूलाई बाेलाएका हुन्।
छलफलमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहने बताइएकाे छ।
यता दाहाल-नेपाल पक्षले पनि सांसद्हरूसँग छलफल गर्दैछ।