सप्तरी – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव नहुने दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन मिति घोषणा गरेको सन्दर्भमा डा. भट्टराईले बैशाखमा चुनाव नहुने दाबी गरेका हुन् ।माइक्रो ब्लगिङ साईट ट्वीटरमा डा भट्टराईले लेखेका छन्, ‘बैशाखमा चुनाव हुनेवाला छैन । देश अँध्यारो सुरुङ्गमा फसिसक्यो !’
संसद विघटनका सन्दर्भमा संवैधानिक/कानूनी उपचारको झिनो आशा भए पनि भर गर्न नसकिने भट्टराईको भनाइ छ । बरु दिगो उपचार राजनीतिक नै भएको उनले बताएका छन् ।
संगठित/एकीकृत/सशक्त जनप्रतिरोध र प्रतिनिधि सभाको बैठक नै दिगो राजनीतिक उपचार भएको भट्टराईको भनाइ छ ।