०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – पोलिस फरवार्ड अहिले विश्वकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । एलिएन्ज एरेनामा जादु देखाउने लेवान्डवस्की कुनै बेला इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड जान तयार भएका थिए ।

बायर्न म्युनिखका स्ट्राइकर लेवान्डवस्कीले सन् २०१२ मै युनाइटेडसँग कुरा भएको खुलासा गरे । युनाइटेड जानका लागि सर एलेक्स पर्गुसनसँग कुराकानी भएको उनले सार्वजनिक गरेका छन् ।जर्मन क्लब बोरुसिया डर्टमण्डमा हुँदा नै उनी नियमितरुपमा ओल्ड ट्राफोर्डसँग जोडिन्थे । डर्टमण्डमा उनले चार वर्ष खेले ।यद्यपि लेवान्डोस्कीको युनाइटेड जाने चाहना पूरा हुन सकेन । बरु उनी २०१४ मा डर्टमण्डको राइभल बायर्न म्युनिखमा अनुबन्ध भए ।‘डर्डमण्डमा दोस्रो वर्षपछि सर एलेक्स फर्गुसनसँग मेरो कुराकानी भएको थियो,’ लेवान्डोस्कीले फ्रान्स फटबलसँग भनेका छन् , ‘म म्यानचेष्टर आएको हेर्न चाहन्थे । म धेरै इच्छुक थिएँ । मैले यति सम्म भने कि म तयार छु । तर डर्टमण्डले मलाई जान दिएन । यसले मलाई धेरै हतोत्साहित बनाएन किनकि डर्टमण्डमा सबै राम्रो भइरहेको थियो ।’

लेवान्डवस्कीले बायर्नका लागि ३०७ खेलमा २६६ गोल गरिसकेका छन् ।गत सिजन बायर्नले ट्रेबलसहित पाँच उपाधि जित्दा लेवान्डोस्कीले बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरेका थिए ।गत साता लेवान्डोस्कीले मेस्सी र नाल्डोलाई पछि पार्दै बेस्ट फिफा अवार्डसमेत जिते । यदी डर्टमण्डले नरोकेको भए उनी धेरै अघि म्यानचेष्टर पुगिसक्थे ।३२ वर्षीय लेवान्डोस्कीले ६ बुण्डेसलिगा उपाधि जितिसकेका छन् । गत वर्ष युरोपियन च्याम्पियन्स लिग पनि जिते ।

यस्तै लेवान्डवस्कीले युवा हादा आर्सनलका लेजेण्ड थिएर हेनरी आफ्नो आइडल रहेको समेत खुलाएका छन् । ‘मेरो प्रशंसनीय व्यक्तिहरु अलेसान्द्रो डेल पिएरो र थिएरी हेनरी हुन् । रोबर्टो बाजियो पनि थियो । म युवा हुँदा उनीहले खेलिरहेको देख्थेँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]