सप्तरी – चलचित्र ‘लज्जा’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री शिल्पा पोखरेल आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । पोखरेललाई बिभिन्न माध्यमबाट जन्मदिनको सुभकामना दिनेहरुको ओइरो लागिरहेको छ ।
मोरङको बिराटनगरमा जन्मिएकी उनले यो भन्दा पहिलेका जन्मदिन भने राम्रै तरिकाले मनाउँदै आइरहेकी थिइन् । तर यसपटक भने अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै जन्मदिन नमनाउने सोच भएको उनले बताइन् । लामो समयदेखि आमालाई समय दिन नपाएको कारण आजको यो बिशेष दिनमा घरमै बसि खानेकुराहरु पकाएर आमालाई खुवाइरहेको पनि शिल्पाले बताइन् ।शिल्पाले केहि वर्ष अगाडि निर्माता छबिराज ओझासँग बैबाहिक सम्बन्ध गाँसेकी थिइन् । तर त्यो सम्बन्ध भने लामो समयसम्म टिक्न सकेन । गत वर्ष श्रीमान छविराजले घरेलु हिंसा गरेको भन्दै अदालतमा सम्बन्ध विच्छेदकाे लागि निवेदन दिएकी थिइन् । अहिले यो मुद्धा अदालतमा विचाराधिन रहेको छ ।छविकी जेठी श्रीमती हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको मुद्धा चलाएपछि जिल्ला अदालत काठमाडौंले यी दुवैलाई पक्राउ गर्न लागि आदेश दिएको थियो । तर, सर्वोच्च अदालतले उनीहरुलाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।
शिल्पाले भर्खरै मात्र भोजपुरी चलचित्रको छायाँकन सकाएकी छिन् । त्यस्तै उनको अर्को नेपाली चलचित्र ‘आर्या’ प्रदर्शनको तयारीमा रहेको छ । उनले हालसम्म तीन सयभन्दा बढी म्यूजिक भिडियो र ‘लज्जा, हवल्दार सुन्तली, किस्मत २, मंगलम’ लगायतका चलचित्रमा अभिनय पनि गरिसकेकी छिन् । उनै अभिनेत्री शिल्पा पोखरेललाई हाम्रो तर्फबाट पनि जन्मदिनको सुभकामना