०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष ०७, २०७७

सप्तरी – चालु आर्थिक वर्षको पहिलो ५ महिना -साउन-मंसिर) सम्म ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले दिएको जानकारी अनुसार मंसिर महिनासम्म उक्त संख्यामा पर्यटक आएका हुन् ।

यस अवधिमा अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएका छन् । ५ महिनामा अमेरिकाबाट १३१७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट ९ सय १ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।चीनबाट ५ सय ७६ जना र भारतबाट ४३१ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ । टर्कीबाट ३०३ जना पर्यटक नेपाल आएका छन् । अष्ट्रेलियाबाट १ सय ३५ जना पर्यटक नेपाल आएका छन् ।रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १ सय ८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १ सय, श्रीलंकाबाट १०२ जना आएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारी नेपाल आएको तथ्यांक रहेको छ ।सरकारले अहिले जुनसुकै मुलुकबाट आउने पर्यटकका लागि समेत आगमन खुला गरेको छ । पछिल्लो समय भारतबाट समेत हवाई उडान सुचारु भएको छ ।भारतबाट जहाज चढेर आउने भारतीय नागरिकलाई समेत पर्यटकका रुपमा गणना गरिन्छ । सोहीकारण आगामी दिनमा पर्यटक आगमन संख्या अझ बढ्ने देखिएको छ ।

५ महिनामा १लाख ५४ हजार नेपाली घर आए;
यो अवधिमा नेपालीको आगमन भने १ लाख ५४ हजार २२१ जना रहेको छ । नेपालबाट ७८२३४ जना नेपाली विदेश प्रस्थान गरेको तथ्यांक विभागको छ । यो अवधिमा ६१ हजार ३५१ पुरुष र १६ हजार ८७८ जना महिलाले नेपाल छाडेका छन् ।त्रिभुवन विमानस्थलबाट ५ महिनामा नेपाली र विदेशी गरी कुल १ लाख ६० हजार ५ सय १ जना यात्रु नेपाल भित्रिएका छन् । यो अवधिमा सोही विमानस्थलबाट ८९ हजार ८ सय ९० जना यात्रु विदेश प्रस्थान गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]