०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र २४, २०७७

सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघेको छ। गत २४ घण्टामा १ हजार ८१ जना भेटिएसँगै संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ।

३ सय ३८ महिला र ७ सय ४३ पुरुष गरी १ हजार ८१ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ६, ताप्लेजुङमा १, धनकुटामा ९, भोजपुरमा ५, मोरङमा ७७ र सुनसरीमा ५६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ३, पर्सामा ६, बारामा १७, महोत्तरीमा २, रौतहटमा ७०, सप्तरीमा २६, सर्लाहीमा ६ र सिराहामा ८१ जनामा कोरोना पाइएको छ।

यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय ९४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। काभ्रेमा ८, चितवनमा २१, दोलखामा ३, धादिङा २, नुवाकोटमा ४, भक्तपुरमा ३६, मकवानपुरमा ४२, रामेछापमा ३, ललितपुरमा ३४, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा १, पर्वतमा १, लमजुङमा १, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को कपिलवस्तुमा ११, गुल्मीमा २, दाङमा १, नवलपरासीमा १२, पाल्पामा २, बर्दियामा १३, बाँकेमा २२, रुपन्देहीमा ४२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशको जाजरकोटमा १, दैलेखमा २ र सुर्खेतमा २२, सुदूरपश्चिम प्रदेशको अछाममा १, दार्चुला ३ र बझाङमा २ जनामा कोरोना भेटिएको छ।

कुल संक्रमितमध्ये १५ हजार २५ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार १ सय ६७ जना जनाको परीक्षण भएको छ। देशभर हाल ५ हजार ४ सय ८० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]