०९ मंसिर २०८१, आइतबार
wait Please...

एस एन यादव

बिहिबार, भाद्र २५, २०७७

सप्तरीमा प्रहरी , स्वास्थ्यकर्मी सहित थप ३३ जनामा काेराेना संक्रमणको पुष्ठी । इलाका प्रहरी कार्यालय सखडामा कार्यरत २ प्रहरी, राजविराज नगरपालिका–२ का १ प्रहरी, बिष्णुपुर गाउँपालिकाका ६० वर्षीय स्वास्थ्य संयोजक तथा अनार भुवनेश्वर अस्पताल राजविराजकी ४८ वर्षीया स्विपरसहित सप्तरीमा बुधबार ३३ जनामा संक्रमण देखिएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार १३ महिला र २० पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
काठमाडौंबाट हालै आएका छिन्नमस्ता गाउँपालिका–३ का २७ र ३२ वर्षीया महिलामा पनि संक्रमण देखिएको गजेन्द्रनारायण सिह अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित कुमार झाले जानकारि दिनुभयाे ।
यस्तै राजविराज नगरपालिका वडा न.१ का १२ र ३८ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, वडा नम्बर–२ का ३८, ५० र ७२ वर्षीय पुरुष, वडा नम्बर–४ का उमेर नखुलेका पुरुष, वडा नम्बर–६ का १९ र ४५ वर्षीय पुरुष तथा ११ र ५५ वर्षीया महिला, वडा नम्बर–७ का १४, १५, १६, २६, ५५ वर्षीय पुरुष तथा ६, २१, २५, ३०, ३०, ५० वर्षीया महिला संक्रमित भएका छन्। वडा नम्बर ७ का ५ जना एकै परिवारका हुन्।

यसैगरी राजविराज नगरपालिका वडा न. ८ हाल रुपनी गाउँपालिका का ६० वर्षीय पुरुष, वडा नम्बर–९ का ३१ वर्षीय पुरुष र १७ वर्षीया महिला तथा वडा नम्बर–१० का २२ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारि दिनुभयाे । संक्रमित हुनेमा प्रहरी, स्वास्थ्यकर्मीसहित ,इञ्जिनियर, अधिवक्ता, कर्मचारी र व्यापारी रहेका छन्।

योसँगै सप्तरीमा अाजसम्म संक्रमितको संख्या ९७३ पुगेको छ। जसमा १६४ जना महिला छन्। संक्रमितमध्ये एक महिलासहित आठ जनाको मृत्यु भएको छ। संक्रमितहरूमध्ये हालसम्ममा ६७९ जना निको भइ घर फर्किएका स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। यता विगत लामाे समयकाे लकडाउन तथा बन्दा बन्दिका कारणले गदाृ राेग भन्दा भाेकले सवृसाधारण जनताहरु मनृ थालेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]