सप्तरी – टोकियो ओलम्पिकको आधिकारिक खर्चमा २२ प्रतिशतले वृद्धि हुने भएको छ ।कोरोनाका कारण जापानको टोकियोमा आयोजना हुने प्रतियोगिता अर्को वर्षलाई सरेको छ ।स्थानीय आयोजक समितिले मंगलबार नयाँ बजेट जारी गर्दै यसको जानकारी दिएको हो ।पत्रकार सम्मेलनमार्फत समितिले ओलम्पिक आयोजनामा १५ अर्ब ४० करोड डलर खर्च हुने जनाएको छ ।पछिल्लो वर्ष ओलम्पिक आयोजनाको खर्च १२ अर्ब ६० करोड रहेको थियो ।प्रतियोगिता एक वर्ष ढिला सुरु हुदाँ बजेटमा दुई अर्ब ८० करोड डलर लागत बढेको हो ।
नयाँ सम्झौता अनुसार अघि बढ्नुपर्ने र कोरोना महामारीका कारण खर्चमा वृद्धि भएको बताईएको छ ।ओलम्पिकको आयोजना सन् २०२१ को जुलाई २३ मा हुनेछ । पाराओलम्पिक अगष्ट २४ बाट सुरु हुनेछ ।