०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, पौष ०८, २०७७

सप्तरी – पर्सामा ८० हजार वृद्धवृद्धालाई न्यानोमा राख्न लागिएकाे छ। जिल्ला विपद् व्यवस्थापन समितिले ७० वर्षमाथिका गरिब तथा विपन्न वृद्धवृद्धाको पहिचान गरेको छ।

चिसो बढेपछि न्यानोमा राख्न वृद्धवृद्धा पहिचान गरिएको हो। १४ वटै स्थानीय तहको सहयोगमा ८० हजार वृद्धवृद्धालाई न्यानो बाँड्ने तयारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए। सरकारको निर्देशनबमोजिम समितिले जिल्लाका गरिब तथा विपन्न नागरिकलाई प्रतिव्यक्ति १२ देखि १५ सयका दरले टोपी, हाइनेक र कम्बल बाड्न लागिएको समिति संयोजक तामाङले बताए। जाडोका बेला वृद्धवृद्धालाई न्यानोमा राख्न तथा शीतलहरबाट बचाउन विपद् व्यवस्थापन समितिको ४४ लाख र स्थानीय तहको बजेट समावेश गरी न्यानो बाँड्न लागिएको हो।शीतलहरका कारण तराईमा बर्सेनि सयौं वृद्धवृद्धा तथा बालबालिकाको अकालमै ज्यान जाने गरेको छ।

सरकारको निर्देशनबमोजिम चोकचोकमा दाउरा बाल्नेदेखि वृद्धवृद्धालाई नारायणी अस्पतालमार्फत निःशुल्क स्वास्थ्य उपचारसहितको व्यवस्था गरिएको तामाङले बताए। दाउरा टिम्बर कर्पोरेसन नेपाल (टीसीएन) रौतहटबाट मगाउन लागिएको छ। कृषि उपज, जनस्वास्थ्य सम्बन्धी सूचना लगायतको काम जिल्ला विपद् व्यवस्थापनले गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]