सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको आज बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकले महासचिव छान्ने भएको छ।
महासचिवका लागि भीम रावल,जनार्दन शर्मा र सुरेन्द्र पाण्डे आकांक्षी देखिएका छन्। पाण्डे तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए।६ मतले पराजित भएका पाण्डेले महासचिव पद प्राप्त गर्ने सम्भावना बढी रहेको बताइएको छ।
आज बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकले तीन आकांक्षीमध्ये एकलाई महासचिवमा मनोनित गर्ने बताइएको छ।प्रधानमन्त्री केपी ओली पक्षका महासचिव भने विष्णु पौडल छन्। ओली समूहले पनि संगठन विस्तारलाई तीब्रता दिइरहेको छ। उक्त पक्षको केन्द्रीय कमिटी बैठक पनि बिहान ९ बजे बालुवाटारमा बस्दैछ ।