सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमा टाेलमा अाज कृषि मन्त्री शैलेन्द्र साह द्वारा शनिदेव मन्दिरको शिलान्यास भएको छ ।
प्रदेश न.२ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले अाज एक समाराेहका बिचमा साे मन्दिरको शिलान्यास गर्नुभएकाे हाे । मन्दिरका पुजारी बाबा बेचुदासकाे अध्यक्षतामा अायाेजित साे मन्दिर शिलान्यास कार्यक्रममा वडाअध्यक्ष बहादुर सदा , वडासदस्य राम कुमार राय ,युवा पत्रकार शुभ नारायण यादव , युवा नेताहरु लक्ष्मण यादव, ललन राय ,रामअधिन साह लगायतका समाजसेवि ,बुद्धिजीवी सहितकाे उपस्थिति रहेकाे थियाे । साे मन्दिरमा लाग्ने अावश्यक खर्च कृषि मन्त्रालय तथा वडा कार्यालयले समेत अावश्यक सहयाेग गर्ने प्रतिबद्धता जनाएको छ ।