सप्तरी – असंबैधानिक प्रतिनिधिसभा विघटनको बिरोधमा जनता समाजवादी पार्टी नेपाल सप्तरीले राजविराजमा बिरोध प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका छन् । स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुसले राजविराज नगरको बीभिन भागमा परिक्रमा गर्दै नेता चौकमा पुगि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका छन् ।
तस्बिर समेत हेर्नुहोस
केपी शर्मा ओलीले विघटन गरेका प्रतिनिधिसभालाई जसपा सप्तरीले संषद पुर्नस्थापना नभए सम्म हाम्रो आन्दोलन जारी रहने छ । प्रदर्शनका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबिरुद्ध चर्को नाराबाजी तथा रेशम चौधरी लगायत अन्य नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दा खारेजीको माग पनि गरिएको छ ।
जसपा जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा, विद्यार्थी नेता शम्भु यादव, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष किशोर यादव, नवनित झा, दिनेश यादवलगायतले सभालाई सम्बोधन गर्दै गणतन्त्र र लोकतन्त्रबिरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिले षडयन्त्र गरेको आरोप लगाए । उनीहरुले जनताको रगतबाट स्थापित भएको अधिकार कुनै पनि हालतमा गुम्न नदिने र आन्दोलनबाटै अधिकार खोसेर लिने चेतावनी समेत दिएका छन् ।