०८ कार्तिक २०८१, बिहिबार
wait Please...

अर्जुनकुमार आचार्य

आइतबार, भाद्र २८, २०७७

विराटनगर । कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेकोभन्दै घरजग्गा कारोवार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथा
मालपोत कार्यालय मोरङ एकघण्टा बन्द गरेको छ ।

शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म सांकेतिक आन्दोलन स्वरुपकार्यालयमा धर्ना दिएर कामकाज बन्द गराएको संघका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिनुभएको छ ।नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भदौ १८ गते मन्त्रिस्तरीय निर्णय गरी २०७४ साल भदौदेखि बन्द रहेको कित्ताकाट खुला गर्नुभएको थियो । मन्त्रीस्तरीय निर्णय भइसक्दा पनि मालपोत र नापी कार्यालयहरुले कित्ताकाट खुला नगरेपछि घरजग्गा
व्यवसायीहरुले निर्णय कार्यान्वयनका लागि दवाव दिँदै आएका थिए ।

घरजग्गा कारोवारीहरुको दवाव भएपनि निर्णय अस्पष्ट भएको र त्यसका बारेमा स्पष्ट हुने काम भइरहेको भन्दै मालपोत कार्यालयले काम अघि बढाएको छैन ।
व्यवसायीहरुले थप दवाव सिर्जना गर्नका लागि शुक्रबार मालपोत कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले आइतबारबाट पनि कित्ताकाटको प्रकृया सुचारुनभए कार्यालय समय भरी मालपोतको कामकाज ठप्प पार्ने र गेटमा दिनभर धर्ना दिने अध्यक्ष पोखरेलले चेतावनी दिनुभयो ।

घरजग्गा व्यवसायीले बैंकबाट कर्जा लिएर अरबौंको लगानी गरेको र तीन वर्षदेखि कारोवार बन्द हुँदा व्यवसायी, जग्गाधनी किसान र बैंकसमेत समस्यामा परेको दावी गरेका छन् । घरजग्गा कारोवार बन्द हुँदा नेपाल सरकारले पनि राजश्वको ठूलो हिस्सा वार्षिकरुपमा गुमाइरहेको भन्दै कारोवार सुचारु गर्न माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]