सप्तरी – तीनदेखि हराएका कञ्चनपुरका २१ वर्षीय युवकको शव फेला परेको छ।भीमदत्त नगरपालिका–७ हल्दुखालका पंकजसिंह कार्कीको वडा नम्बर ३ खनियाँखोलामा आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।
‘युवक ९ गतेदेखि हराएका थिए। आफन्तले खबर गरेपछि खोजतलास गर्ने क्रममा आज शव फेला परेको हो,’ कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले भने।उनको खल्तीमा सल्फासको बोतल र शरीरमा चोटपटक पनि देखिएको उनले बताए।घटनास्थलमा उल्टी गरेको समेत देखिएको प्रहरीले जनाएको छ।शव पोष्टमार्टमका लागि महाकाली अस्पताल महेन्द्रनगर लगिएको छ।