सप्तरी – सप्तरीकाे रुपनी स्थित जसपा ले मसाल जुलुस प्रदर्सन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर राष्ट्घाती कदम चालेको भन्दै असंवैधानिक कदमको विरोधमा जनता समाजवादी पार्टीले अाईतबार सप्तरी रुपनीमा मसाल जुलुस निकालेको छ ।
रुपनीको बजार भरी सो जुलुस निकालिएको हो । प्रधानमन्त्री केपि शर्मा ओलि तथा राष्ट्रपति बिद्ययादेवी भण्डारीले पछिल्लो समय ब्यक्तिगत स्वार्थमा लिएको निर्णयको बिरोध गर्दै सो विशाल मसाल जुलुस निकालिएको बताइएको छ ।
प्रधानमन्त्री केपीओली संविधान र संघियता विरोधी रहेकोले अलोकतान्त्रीक विधि अपनाएको बताएका छन् । संघियता विरोधी ओली संविधान नै समाप्त पर्ने षडयन्त्रमा लगेकोले यो कदापि सम्भव नहुने तथा यसको प्रतिकारमा जसपा कडा भन्दा कडा कदम उठाउन बाध्य हुने जसपाले दाबी गर्दै आएका छन् ।
असंवैधानिक कदमको विरोधमा जसपाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपती विद्या भण्डारीको पुत्लासमेत दहन गरेको थियो भने आज मसाल जुलुस निकाल्दै प्रदर्शन गरेको हो ।
जसपाले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर गर्दै त्यसलाई खारेज नगरे सभामुखले प्रतिनिधि सभाको बैठक बोलाउनु पर्ने मत राख्दै आएको छ । उसले सरकारको कदमका विरुद्ध जनपरिचालन गर्दै विरोधलाई सशक्त बनाउदै लगेको छ ।
प्रतिनिधि सभा विघटनको विरुद्ध निरन्तर प्रदर्शन गरिरहेको जसपाले आज निकालेको मसाल जुलुसमा जसपाका सदस्यहरु दिनेश यादव,शिभम यादब,युवा नेता पितामबर यादब,लाल बहादुर महताे, लगायतका नेताहरुको उपस्थिती रहेको थियो।