सप्तरी -तेलेगु फिल्म इण्डस्ट्रीको मेगास्टार चिरञ्जीवीले अब पोलिटिक्समा नलाग्ने बताएका छन् ।उनले आफू अब पूर्णरुपमा एक्टिङमै ध्यान दिने समेत बताएका हुन् ।सामान्था अक्किनेनीको च्याट शो स्याम ज्याममा उनले आफ्नो राजनीतिक करियरको बारेमा शेयर गर्दे यस्तो बताएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले आम मानिसलाई सामाजिक न्याय दिलाउने भन्दे २००८ मा प्रजा राज्यम पार्टीको स्थापना गरेका थिए । उनी २००९ को चुनावमा तिरुपतिबाट विधान सभाको सदस्यका रुपमा चुनिएका थिए ।