११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७
Sorry No Photo is selected hare

सप्तरी – प्रतिनिधिसभा विघटन भएसँगै राजीनामा दिएका मन्त्रीका ठाउँमा आएका नयाँ मन्त्रीहरूले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै आआफ्ना नयाँ योजना सार्वजनिक गरेका छन् । केही नयाँ मन्त्रीका रूपमा आएका छन् भने केही मन्त्रीको मन्त्रालय परिवर्तन भएको छ ।प्रतिनिधिसभा विघटनसँगै सात जना मन्त्रीले राजीनामा दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल पुनर्गठन गर्दै नयाँ मन्त्रीहरू थप गर्नुका साथै केहीको जिम्मेवारी हेरफेर गरेका थिए ।

नयाँ आएका र नयाँ मन्त्रालयको जिम्मेवारी पाएका सबै मन्त्रीले आफूहरू मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने कार्यमार्फत विकास निर्माण र समृद्धिमा खटिने तथा निर्वाचनमा समेत होमिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले वर्तमान सरकारको मुख्य प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन समयमै सम्पन्न गराउनु रहेकाले सोहीअनुसार आफूहरू अघि बढ्ने जनाए ।आइतबार पदभार ग्रहण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीको जगेर्ना गर्नकै लागि आफू सरकारमा आउनुपरेको स्पष्ट पारे । उनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा विद्यमान समस्या समाधान गर्न आफू दिनरात खटिने प्रतिबद्धता जनाउँदै मध्यावधि निर्वाचनमा जानु अनिवार्य भएको बताए । उनले निर्वाचनमार्फत ताजा जनादेश लिनु अहिलेको अहं आवश्यकता भएको बताए ।यसैगरी सहरी विकासमन्त्री प्रभु शाहले आफ्नो पालामा विकास निर्माणका कार्यले गति लिने प्रतिबद्धता जनाए । उनले समय चुनौतीपूर्ण रहे पनि चुनौती सामना गर्दै सफलतापूर्वक अघि बढ्न सम्पूर्ण कर्मचारीलाई आग्रह गरे । मन्त्री शाहले मध्यावधि निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै मन्त्रालयले निर्वाचन केन्द्रित काम गर्नुपर्ने बताए ।आइतबार नै पदभार ग्रहण गर्दै खानेपानीमन्त्री मणिचन्द्र थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजाने कार्यलाई आफूले उच्च प्राथमिकतामा राख्ने बताए । उनले स्थिरता र समृद्धिको वाहकका रूपमा स्थायी सरकार बनाउन जरुरी रहेकाले प्रतिनिधिसभामार्फत ताजा जनादेश लिनु अहिलेको अहं आवश्यकता भएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका भानुभक्त ढकालले मन्त्रालयमा रहेर स्वच्छ रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै कर्मचारीले पनि परिणाम दिने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले वर्तमान सरकारको मुख्य काम नै विकास निर्माणका कार्यलाई अघि बढाउँदै समृद्धिको यात्रा तय गर्न प्रतिनिधिसभामार्फत नयाँ जनादेश लिने कार्य अपरिहार्य भएको बताए ।

युवा तथा खेलकुदमन्त्री दावा तामाङले खेल क्षेत्रको समग्र विकास गर्नु आफ्नो लक्ष्य रहेको बताउँदै यसका लागि विज्ञ व्यक्तित्व तथा खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पनि वर्तमान सरकार विकास निर्माणमा समर्पित हुँदै प्रतिनिधिसभा निर्वाचनमा होमिने स्पष्ट पारे ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका हृदयश त्रिपाठीले सरकार कोरोना भाइरसको संक्रमण व्यवस्थापनमा विशेष प्राथमिकताका साथ अघि बढ्ने बताउँदै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले आफ्नो कार्यकालमा कुनै पनि स्वास्थ्य सामग्री खरिदमा अपारदर्शी काम हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट कृषिमन्त्रीको जिम्मेवारी पाएकी पद्मा अर्यालले कृषि क्षेत्रको आमूल सुधार आफ्नो पहिलो प्राथमिकताको विषय रहने बताउँदै कोभिडका कारण विदेशबाट फर्किएका ऊर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइन् । उनले सरकार विकास सुशासन र समृद्धिका साथसाथै प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक तयारीमा जुटिसकेको बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]