सप्तरी – नेकपाको दाहाल-नेपाल समूह सडक संघर्षमा, शीर्ष नेताले काठमाडौँको सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूह प्रतिनिधिसभा विघटनविरूद्ध सडक संघर्षमा उत्रिएका छन् ।पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल(नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दै छ ।प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशका विभिन्न स्थानमा खटिएका छन् । यद्यपि काठमाडौँमा हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ती जुलुस काठमाडौँको भृकुटीमण्डमा पुगेपछि मध्याह्न १२ बजे हुने सभालाई सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।