०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०३, २०७७

आज संविधान दिवस देशभर मनाइरहँदा प्रदेश २ सरकार भने संविधान दिवसमा केहि न गर्ने भएका छन् ।

सरकारका कर्मचारीले केन्द्रीय सर्कुलरलाई मानेर राष्ट्रिय झण्डा फहराउने र दीपावली मनाउने भए पनि सरकारका प्रतिनिधि भने मौन बस्ने भएका छन् । दिवसको अवसरमा प्रदेश मन्त्रिपरिषद् बैठकले कुनै कार्यक्रम पनि तय गरेको छैन ।

प्रदेश सरकारका मुख्य सचिव अर्जुन प्रसाद पोखरेलले यसपटक मन्त्रिपरिषदको निर्णयले कुनै पनि कार्यक्रम निर्धारण नगरेको बताए । उनका अनुसार केन्द्रबाट घोषित कार्यक्रम अनुसार राष्ट्रिय झण्डा फहराइने र साँझ दीपावली गरिने छ ।

मुख्यमन्त्री लालबाबु राउतले संविधान ‘सेलिब्रेसन’ गर्ने समय नआइ पुगेको बताए । संविधान दिवस मनाउने सन्दर्भमा के छ खबरले राखेको जिज्ञासामा मुख्यमन्त्री राउतले संक्षिप्तमा भने, ‘सेलिब्रेसन गर्ने समय नआएकाले प्रदेश सरकारले कुनै कार्यक्रम गर्दैन ।’

संविधान दिवसको अवसर पारेर गत वर्ष असोज २ गते डेंगु रोगबारे जनचेतना फैलाउँदै जनकपुरधामको जिरोमाइल चोकदेखि बसपार्कसम्म सरसफाइ गरिएको थियो । असोज ३ गते बिहान प्रभातफेरी र ४ गते मधेश भवन परिसरभित्र सरसफाइ तथा वृक्षारोपण गरिएको थियो । यद्यपि यी कार्यक्रममा सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले सहभागिता जनाएका थिएनन् ।

ती कार्यक्रम प्रदेश मन्त्रिपरिषद्को बैठकबाटै निर्धारण गरिएको थियो । तर यस पटक मन्त्रिपरिषद् बैठकले पनि कुनै कार्यक्रम निर्धारण गरेको छैन ।

यो प्रदेशका सत्तासिन पार्टी जनता समाजवादी पार्टीका नेतृत्वले संविधान दिवसका दिन शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न नेता-कार्यकर्तालाई आह्वान गरेका छन् । यो आह्वानपछि आज प्रदेश २ का आठ वटै जिल्लामा यो पार्टीका नेता-कार्यकर्ताहरुले बिरोध प्रदर्शन गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]