०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन ०३, २०७७

सरकारले संविधान दिवस मनाई रहँदा तराईका विभिन्न स्थानमा संविधान विरोधी प्रदर्शन

सरकारले शनिवार विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाई रहँदा भने तराईमा भने संविधानका विभेदकारी प्रावधान हटाउन माग गर्दै आज विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।

जनता समाजवादी पार्टी, थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन्।
जनता समाजवादी पार्टी सप्तरीले सदरमुकाम राजबिराजमा नारा जुलुस सहित प्रर्दन गरेका छन् । ‘बिभेदकारी संबिधान संशोधन गर, ओलि सरकार मुर्दाबाद’ लगायतका नारासहित निस्किएका नेता-कार्यकर्ताले नगर परिक्रमा गरि कोण सभामा परिवर्तन भएको थियो ।

विरोध प्रदर्शनपछिको कोणसभामा बोल्दै नेता कार्य कर्ताहरुले संबिधान संशोधन नभएसम्म स्वीकार्य नहुने बताए । संबिधानका बिभेदकारी धारा खारेज गरि विभिन्न आन्दोलनको बलमा सरकारसंग भएको सम्झौताको आधारमा संबिधान संशोधन गर्न उनीहरुले माँग गरे ।

सांसद रेशम चौधरीलाई बिनासर्त रिहाई गर्न र त्यसो नगरे आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।

कोणसभामा जसपाकी नेता, पुर्व शिक्षा मन्त्री एवम् प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादव, थारुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सह संयोजक श्रावण थारु, जसपा नेताहरु गजेन्द्र मण्डल, दिनेश कुमार यादव, सत्य नारायण यादव, जिल्ला समवन्य समिती सप्तरीका प्रमुख प्रभाकर यादव, राजबिराज नगरपालिकाका प्रमुख शम्भु यादव, उपप्रमुख सधाना झा, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, बलान–बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत, उपेन्द्र साह, बिनोद यादवलगायतले वोलेका थिए ।

आसन ग्रहणकै कुरामा जसपा कार्यकर्ताबीच झडप

राजविराज — संविधान दिवसको विरोधमा जनता समाजवादी पार्टीले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर विवाद हुँदा कार्यकर्ताहरुबीच नै झडप भएको छ ।

संविधान संशोधनको माग गर्दै शिव मन्दिर परिसरबाट दिउँसो निस्केको जुलुस नेता चोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । कोणसभामा आसन ग्रहणको विषयलाई लिएर नेता/कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो ।

तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गर्दे तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षता गराएका थिए । उनले पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथी ,प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराएका थिए ।

पहिलो वक्ताका रुपमा विद्यार्थी नेता शम्भु यादवले मन्तब्य सुरु गर्ने बितिकै केही नेता कार्यकर्ताहरु मञ्च अगाडी विरोध गर्न थालेपछि झडप सुरु भएको थियो ।

कार्यक्रम सञ्चालक यादवलाई केही नेता कार्यकर्ताहरुले मञ्चबाट धकेलेर निकालेका थिए । असन्तुष्टहरुले पार्टीका अन्य केन्द्रीय सदस्यहरु,निर्वाचित जनप्रतिनिधीहरु तथा वरिष्ठ नेताहरुलाई आसन ग्रहण नगराएको भन्दै विरोधमा उत्रिएपछि झडप भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]