०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – सत्तारुढ नेकपाको विभाजनपछि उत्पन्न आधिकारिकताको विषयमा निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई पत्र पठाएको छ । आयोगले आइतबार दुवै समूहलाई पत्र पठाउँदै आवश्यक कागजातहरु उपलब्ध गराउन निर्देशन दिएको हो ।

आयोगले निर्वाचन ऐनको दफा ४३ बमोजिम दलको नाम, छाप, झण्डा वा चिन्ह सम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने पक्षले केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न भनेको छ ।

यस्तै, यदि दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता सम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्न पनि केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित पेश गर्न भन्दै पत्र काटेको छ ।यस्ता दाबी विवाद भएको ३० दिनभित्र निर्वाचन आयोग समक्ष आधार तथा प्रमाणसहित पेश गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]