सप्तरी – राजधानी काठमाडौं उपत्यकामा आज पश्चिमी वायुका कारणले बिहानैदेखि हल्का वर्षा भएको छ । यसले जाडो अझै बढाउने मौसमविदहरुले बताएका छन् ।
शुक्रबारदेखि नै प्रवेश गरेको पश्चिमी वायुको प्रभवका कारण आजदेखि देशका पश्चिमी क्षेत्रसहित धेरैजसो भू–भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज दिउँसो बदली र रहने र सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी क्षेत्र तथा लुम्बिनी, बागमती र प्रदेश १ का केहि क्षेत्रहरुम हल्का वर्षाको हुन सक्नेछ । रातीको समयमा पनि वर्षाको सम्भावना छ ।