०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०५, २०७७

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापाको आज असमायिक निधन भएको छ । गम्भीर बिरामी परेका थापालाई उपचारका लागि अस्पताल तर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई साताअघि पेट र हातखुट्टा सुन्निन थालेपछि उनलाई विराटनगर स्थित विराट नर्सिङ्ग होममा भर्ना गरी ९ दिनसम्म उपचार गरिएको थियो । अस्पतालले औषधि दिएर घरमै आराम गर्न भन्दै तीन दिनअघि मात्रै डिस्जार्च गरेपछि उनी घरमै बस्दै आएका थिए ।औषधि खाने क्रममा एक्कासी श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि विराटानगरतर्फ लग्ने क्रममा कोशी कटान नजिक जाँदा एक्कासी मृत्यु भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताउनुभयाे । यता मृत्यु भएका वडाध्यक्षको शवलाई घर ल्याइएपछि अन्त्येष्टिको तयारी गरिएको अध्यक्ष यादवले जानकारि दिनुभयाे ।

नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित थापा पछिल्लो केही दिन मानसिक तनावमा समेत परेका थिए । उनले निर्माण गरिरहेको घर बाटोमा परेको भन्दै जिल्ला अदालतले घर निर्माणमा रोक लगाउने आदेश दिएको थियो । उनी त्यहीं बेलादेखि नै मानसिक तनावमा देखिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ रहेकाे छ । तनावकै कारण वडाअध्यक्ष थापाकाे मृत्यु भएको स्थानियबासिहरुकाे भनाइ रहेकाे छ । वडाअध्यक्ष थापाकाे निधनले वडाबासि तथा गाउपालिकाका स्थानियबासिहरु चिन्तित बनेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]