०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०५, २०७७

सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार १ सय ५४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को इलाममा १, उदयपुरमा १, झापामा २, मोरङमा १ सय ७ र सुनसरीमा ११ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा २, पर्सामा ५, बारामा १, महोत्तरीमा १४, रौतहटमा २९, सप्तरीमा ४७, सर्लाहीमा ७ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ३८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा ७४, मकवानपुरमा ३, ललितपुरमा ६२, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८, नवलपरासी पूर्वमा २ र पर्वतमा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ७, कपिलवस्तुमा ९, नलवपरासीमा २४, पाल्पामा ४, प्युठानमा ७, बाँकेमा १०, रुकुम पूर्वमा ९ र रुपन्देहीमा १८ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ९, रुकुम पश्चिममा २ र सुर्खेतमा २८, सुदूरपश्चिमको अछाममा ३, कञ्चनपुरमा ७, कैलालीमा ३७, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा १६, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]