१० कार्तिक २०८१, शनिबार
wait Please...

जय कामत

सोमबार, आश्विन ०५, २०७७

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले विराटनगरका साढे ८ हजार सर्वसाधारणलाई मास्क वितरण गरेको छ । नेकपाले सोमबार (आज) मात्रै साढे ३ हजार मास्क वितरण गरेको छ ।

यसअघि विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा नेकपाका नेता कार्यकर्ताले मास्क वितरण गरेका थिए । ‘हालसम्म हामीले ८ हजार ५ सय सर्वसाधरणलाई मास्क वितरण गरेका छौं,’ नेकपा विराटनगरका अध्यक्ष सागर थापाले भन्नुभयो, ‘मास्क वितरण बाहेकका अरु अभियान पनि जारी छ ।’ नेकपा विराटनगर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा सचेतनामा सक्रियताका साथ लागिरहेको छ । नेकपाले होम आइसोलेसनमा बसेकाहरुलाई सहायता प्रदान गर्ने, सडकमा हिडिंरहेका मानिसलाई मास्क वितरण गर्ने, कोरोना संक्रमण रोकथामको लागि सरकारी निकायलाई सल्लाह सुझाव दिने काम गरिरहेको छ नेकपा विराटनगरका सचिव हेम कार्कीले बताउनु भयो ।

यसैबीच आजै नेकपाले विराटनगरको वडा नम्बर ६ का ५० जना संक्रमित र उनका परिवारलाई भेटेर अमृत चिया, चेवनप्रास, विस्कुट र गेडागुडीको प्याकेज प्रदान गरिएको छ । राहत प्याकेज तथा मास्क खरिदका लागि नेकपा जिल्ला कमिटी सदस्य तथा विराटनगरका व्यवसायी गिरेन्द्र कार्कीले सहयोग गर्नुभएको हो । विराटनगरका १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४ र १७ नम्बर वडाका १ हजार बढी संक्रमितको घरमा पुगेर अवस्थाबारे जानकारी लिने र सहयोग गर्ने गरेको सचिव कार्कीको भनाइ छ । यसबाहेकका वडामा पनि उक्त अभियान लिएर जाने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]