सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको अाज मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी एक पुरुषको कोरोना संक्रमणले आज बिहान मृत्यु भएको हो ।गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताउनुभयाे ।
स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको ठाकुरले जानकारि दिनुभयाे ।मृत्यु भएका पुरुष प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे । उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए ।योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता विगत केही दिनदेखि लकडाउन र निषेधाज्ञा खुकुलाे गरेपछि बजारमा सर्बसाधारणकाे चहल पहलमा बृद्धि भएपछि काेराेना सन्क्रमितकाे सङ्ख्यामा समेत बृद्धि भएको छ ।