सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ९७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १२, झापामा ४, भोजपुरमा १, मोरङमा ७३, संखुवासभामा ३ र सुनसरीमा १३ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश २ को धुनषामा १०, पर्सामा २३, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ४, सप्तरीमा १६, सर्लाहीमा १ र सिरहामा २३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १२, चितवनमा १ सय ३७, दोलखामा ३, धादिङमा ४, नुवाकोटमा ८, भक्तपुरमा ५१, मकवानपुरमा २१, रामेछापमा १, ललितपुरमा ९५ र सिन्धुलीमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा ९, तनहुँमा १७, नवलपरासी पूर्वमा १४, पर्वतमा ६, लमजुङमा २, बाग्लुङमा १२ र स्याङजामा ८ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा ४, दाङमा ९, नलवपरासीमा १४, पाल्पामा ४, प्युठानमा ६, बर्दियामा २४, बाँकेमा ५३ र रुपन्देहीमा ८६ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, सल्यानमा ४, सुर्खेतमा ३, सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ४, कैलालीमा ४५, डडेल्धुरामा १, डोटीमा ४, दार्चुलामा १ र बैतडीमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।