१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०९, २०७७

सप्तरी – नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। गत २४ घण्टामा १ हजार ३ सय १३ जना भेटिएसँगै संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको हो।

प्रदेश १ को खोटाङमा ३, झापामा १४, ताप्लेजुङ र तेह्रथुममा १÷१, मोरङमा ६९, र सुनसरीमा २८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश २ को धुनषामा ११, पर्सामा १५, बारामा १०, महोत्तरीमा ५५, रौतहटमा १, सप्तरीमा ३, सर्लाहीमा ३९ र सिरहामा १३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ७, चितवनमा ६७, दोलखामा १, धादिङमा ४, नुवाकोटमा ३, भक्तपुरमा ५१, मकवानपुरमा ९, रामेछापमा ४, ललितपुरमा ९१, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा १६, तनहुँमा १७, नवलपरासी पूर्वमा २४, लमजुङमा ५, बाग्लुङमा ८ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा ९, नलवपरासीमा २, पाल्पामा ६, प्युठानमा १३, बर्दियामा ६, बाँकेमा ३२ र रुपन्देहीमा ६१ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १, सल्यानमा १४, सुर्खेतमा ९, सुदूरपश्चिमको अछाममा २५, कञ्चनपुरमा १, कैलालीमा ६, डोटीमा २, दार्चुलामा १ र बझाङमा २५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार २ सय ६२ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]