०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, पौष २५, २०७७

सप्तरी – खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले पार्टीभित्रबाट प्रधानमन्त्रीमाथि ‘कु’ गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले नेकपाभित्रबाट प्रधानमन्त्रीलाई हटाएर ‘कु’ गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् ।देशलाई ‘कु’को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओलीले चुनावको बाटो रोज्नु भएकोले अब चुनावको विकल्प नभएको उनले बताए । मन्त्री थापाले आफू मन्त्री पद पाउनकै लागि पुष्पकमल दाहाललाई धोका नदिएको समेत बताए । प्रधानमन्त्री ओलीलाई दाहालले धोका दिएकोसमेत बताए ।आफूलाई मन्त्री बन्ने कुरा ठूलो नभएको तर देशलाई अस्थिरताबाट जोगाउन मन्त्री बनेको उनले बताए ।’संकटको घडीमा तपाईंहरूजस्तो अलिकति इमानदार, अलिकति गतिशील मान्छे मन्त्रिमण्डलमा आउनुपर्छ भनेछि प्रधानमन्त्रीको प्रस्ताव मैले स्वीकार गरेको हूँ । मेरा लागि मन्त्री बन्ने कुरा ठूलो होइन,’ मन्त्री थापाले भने ।

प्रतिनिधिसभा विघटनसम्बन्धी कदम कानुनीभन्दा पनि राजनीतिक निर्णय भएको पनि मन्त्री थापाले जिकिर गरे । राजनीतिक निर्णय गर्ने अधिकार लोकतन्त्रमा प्रधानमन्त्रीलाई हुने दाबीसमेत उनको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]