०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, पौष २६, २०७७

सप्तरी – झापा इलाका प्रहरी कार्यालय अनारमी, बिर्तामोड झापाले एक वर्षमा २९ जना लगुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।लागुऔषध ओसारपसारमा संलग्न २९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेका २९ जना नै पुरुष हुन् ।इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै एक वर्षमा २०३ दशमलव सात सय ग्राम लागु औषध बरामद गरिएको जानकारी दिए।

उनका अनुसार लागुऔषध ओसारपसारमा अधिकांश युवा संलग्न छन् । कारोबारीमा २० देखि ३८ वर्ष उमेर समूहका युवको संलग्नता रहेको डीएसपी रिजालले जानकारी दिए ।एक वर्षको अवधिमा इप्रका अनारमनीको क्षेत्रमा चार जना महिलामाथि जवरजस्तीकरणी भएको र चारै घटनाका आरोपितलाई पक्राउ गरी मुद्दा चलाइएको उनले बताए । यस्तै, एक वर्षको अवधिमा यो क्षेत्रमा दुईजनाको हत्या भएको छ । दुवै जनाको हत्यामा संलग्नलाई पक्राउ गरी मुद्दा चलाइएको रिजालले जानकारी दिए। यस्तै, एक वर्षमा अवैध नदीजन्य उत्खनन्मा संलग्नबाट १५ लाख राजश्व संकलन गरी सम्बन्धित कार्यालय पठाइएको उनले बताए । एक वर्षअघि इलाका प्रहरी कार्यालय अनारमनी आएका डीएसपी रिजालको भर्खरै जिल्ला प्रहरी कार्यालय दाङ सरुवा भएको छ । डिएसपी रिजालले एक वर्षको अवधिमा झापाबाट धेरै सिक्ने मौका पाएको बताए।

उनले विवादरहित ढंगले काम गर्न सफल भएको पनि बताए । ‘इप्रका अनारमनीका बारेमा धेरै सुनेको थिएँ । विवाद भएर डिएसपीहरू दुई महिना पनि बस्न नपाएको बारे जानकारी पाएको थिएँ’, उनले भने, ‘तर, सबैको साथ र सहयोगका कारण मैले विवादरहित ढंगबाट काम गर्न सकेँ । म सबैलाई धन्यवाद दिन चहान्छु ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]