सप्तरी – एनएमबी बैंकमा शेयरधनीहरुले २० करोड ६० लाख भन्दा बढी लाभांश भुक्तानी लिन बाँकी रहेको देखिएको छ । बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार गत असार मसान्तसम्म रु. २० करोड ६० लाख १३ हजार ८३५ रुपैयाँ लाभांश रकम बैंकमै रहेको छ । उक्त लाभांश रकम दावी गर्न अहिलेसम्म कोही नआएको बैंकको भनाइ छ । २०७७ आषाढ मसान्तमा शेयरधनीहरुले बुझिलिन बाँकी रहेको लाभांश बैंकमा रु.६० लाख ६९ हजार १०० र शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लि. मा रु.१९ करोड ९९ लाख ४४ हजार ७३५. ५८ रहेको छ ।०६८÷०६९ भन्दा अगाडीको शेयरधनीहरुले बुझिलिन बाँकी लाभांश भने लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको छ । बंैकले लाभांस बुझिलिने सम्बन्धमा शेयरधनीहरुको जानकारीका लागि राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रत्येक वर्ष सूचना प्रकाशित गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।