सप्तरी – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनमा गैँडाको बच्चा मृ’त फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेणदेखा भन्ने स्थानमा करीब तीन महिनाको मृ’त ‘केटी’ फेला परेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृ’तावस्थामा केटी फेला परेको हो । पोथी गैँडाको ब्रह्मखाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनुभयो । गैँडाको सो मृ’त बच्चासँगै चालु आर्थिक वर्ष २०७७÷०७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी २० गैँडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ ।