०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, पौष २७, २०७७

२७औं लोकेन्द्र स्मृति दिवसको अवसरमा २६औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार तथा ११औं वातावरणीय पत्रकारिता पुरस्कारबाट सप्तरीका दुई जना सञ्चारकर्मी पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीले राजविराजमा आइतवार आयोजना गरेको एक कार्यक्रमका बीच महासंघको सभाहलमा आयोजित समारोहका बीच राजविराजम टुडे दैनिकमा कार्यरत पत्रकार धर्मपाल राउतलाई २६औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट र ११औं वातावरणीय पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी भूपदेव मालीलाई वातावरणीय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

विगत एक दशकदेखि पत्रकारिता पेशामा सक्रिय रहँदैआएका राउतलाई नगद पाँच हजार पाँच, प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निवासी पत्रकार राउत राजविराजमा रहेर पत्रकारिता गर्दैआएका छन् । सामाजिक रुपान्तरणका सवालहरु, सामाजिक विकृति विसंगती विरुद्ध निर्भिकताकासाथ पत्रकारिता गर्ने मापदण्डमा उनलाई सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश कुमार झा प्रमुख आतिथ्यमा महासंघका पूर्व अध्यक्षहरु शिवहरि प्रसाद भट्टराई, विष्णु कुमार मण्डल, वैद्यनाथ झा, धिरेन्द्र प्रसाद साह, प्रकाश खतिवडा, नेपाल निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, आदिवासी जनजाति पत्रकार संघ सप्तरीका अध्यक्ष प्रियासिंह थारु लगायतले स्व. पत्रकार लोकेन्द्र बुढाथोकीको व्यक्तित्व एवम् योगदानबारे चर्चा गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]